कास्टिङ काउचको शिकार भएका थिए रणवीर, अनुष्कालाई यसकारण हाने थप्पड
बलिउड अभिनेता रणवीर सिंहले आफ्नो करियर सुरु गरेको १० वर्ष पूरा भएको छ । उनले २०१० मा प्रदर्शनमा आएको ‘ब्यान्ड बाजा बरात’ मार्फ बलिउड डेब्यु गरेका थिए । यो फिल्म १० डिसेम्बरमा रिलिज भएको थियो ।
रणवीरले आफ्नो करियरमा चाँडै सफलता हात पारे । तर, यो सहज भने अवस्य थिएन । करियरका सुरुवाती दिनमा उनले कास्टिङ काउच पनि सामना गर्नुपरेको थियो ।
फिल्मको संघर्षका दौरान उनको भेट एक कास्टिङ डाइरेक्टरसँग भएको थियो । ती व्यक्तिले रणवीरलाई घर बोलाएका थिए ।
रणवीरले एक अन्तर्वार्तामा भनेका छन्,‘उनले मेरा बायोडाटा पनि हेरेनन् । केवल स्मार्ट र सेक्सी बन्नु भने । म तिमीलाई धेरै कार्यालयमा पठाउनेछुु र कसैले तिमीलाई छोयो भनेपनि तिमीले आपत्ति मान्नु हुँदैन भनेर ती व्यक्तिले भने ।’
रणवीर कपूरले अस्विकार गरेको फिल्म
फिल्म ब्यान्ड बाजा बरात पहिले रणवीर कपूरलाई अफर गरिएको थियो । तर उनले अस्विकार गरेपछि बल्ल रणवीर सिंहले अवसर पाए । यशराज फिल्म एक नयाँ चेहराको खोजीमा थिए र यही क्रममा यो रोल रणवीरको भागमा आइपुुग्यो ।
अनुुष्कालाई हाने थप्पड
ब्यान्ड बाजा बरातमा रणवीर सिंहको अपोजिटमा अनुष्का शर्मा थिइन् । एक दृश्यमा रणवीर र अनुष्काले झगडा गर्नुपर्ने थियो । मिडिया रिर्पोटस्का अनुसार रणवीर आफ्नो चरित्रमा यति धेरै डुबिसकेका थिए कि उनले साँच्चै अनुष्कालाई थप्पड हाने । यद्यपी, उनले अनुष्कासँग माफी पनि मागे ।
यो फिल्म सफल भयो, अनि रणवीरले फिल्म फेयर अवार्डमा नवनायकको अवार्ड जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण