दक्षिण अफ्रिकामा कोरोनाका ७,८८२ नयाँ संक्रमित
आइतबार, २८ मङ्सिर २०७७, १७ : २९
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा विगत २४ घण्टामा नयाँ ७ हजार ८८२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । योसहित दक्षिण अफ्रिकामा कूल संक्रमितको संख्या ८ लाख ५३ हजार पुगेको छ । कूल संक्रमितमध्ये २३ हजार १०६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
दक्षिण अफ्रिकामा हालसम्म ७ लाख ६० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्री ज्वेली एमखिजेले देशमा दोस्रो चरणको कोरोना संक्रमण जारी रहेको बताए । उनले भने, “अहिले देशभर कोरोनाको दोस्रो लहर छ । धेरैवटा राज्यका स्वास्थ्य संस्थाहरुले दबाबको महसुस गरिरहेका छन् ।” –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण