गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै
सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।
गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष पनि उपहारको कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।
संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न गाउँपालिकाले कार्यक्रम बनाएको छ । साथै गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा तथा आयोडिन नून वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालू वर्षमा सञ्चालन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत घरघरमै पुगेर भाले उपहार दिने गरेको बताए ।
“कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौँ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावस्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ ।”
चालू वर्षको पछिल्लो पाँच महिनामा सो गाउँपालिकामा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ । छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण