शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यो वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै

सोमबार, २९ मङ्सिर २०७७, १७ : ३८
सोमबार, २९ मङ्सिर २०७७

एजेन्सी । सोमबार यो सालको (सन् २०२०) अन्तिम सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण दक्षिण अमेरिकाका केही देशहरुबाट देखिने जनाइएको छ । यो पटक खण्डग्रास सूर्य ग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पर्दछ, तब सूर्य ग्रहण लाग्ने गर्दछ ।

यो सालको अन्तिम सूर्य ग्रहणको समय १४ डिसेम्बर साँझ ७ बजेर ३ मिनेटदेखि १२ बजेर २३ मिनेटसम्म लाग्ने (१५ डिसेम्बर २०२०) जनाइएको छ । उक्त सूर्य ग्रहण दक्षिण अमेरिकाका चिली, अर्जेन्टिना लगायतबाट पूर्ण रुपमा देखिने जनाइएको छ । नेपाल, भारत लगायतका मुलुकहरुबाट यो सूर्य ग्रहण नदेखिने सञ्चारमाध्यामहरुले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप