संवैधानिक परिषद् बैठक : सभामुख सापकोटा सहभागी नहुने

काठमाडौं । संवैधानिक निकायमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओेलीले मंगलबारलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा सहभागी नहुने भएका छन् ।
‘आजको परिषद् बैठकमा सभामुखज्यू जानुहुन्न’ सभामुख निकट स्रोतले रातोपाटीलाई भन्यो, ‘कारण चाहिँ थाहा भएन ।’
परिषद् सदस्य समेत रहेका सभामुख सापकोटा निकट स्रोतका अनुसार परिषद्का सदस्यहरुबीच समन्वय अभाव, पूर्वतयारीको कमी र पर्याप्त गृहकार्य समेत नभएकाले सभामुख सापकोटा आजको बैठकमा सहभागी नहुने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत असन्तुष्ट छन् ।
गत भदौ २६ गतेको स्थायी समिति बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा आवश्यकताअनुसार पार्टीमा समेत छलफल गरेर मात्रै गर्ने निर्णय गरेको थियो ।
संवैधानिक निकायका अध्यक्ष र सदस्य गरी झण्डै ४५ पद रिक्त छन् । ती पदमा प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर नियुक्तिको तयारी गरेका छन् ।
परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । यसअघि मंसिर २८ गते बोलाइएको परिषद् बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित भएको थियो ।
सो दिनको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म