बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अभिनेत्रीको आत्महत्या मामिलामा श्रीमान् पक्राउ, होटलको कोठामा भेटिएको थियो शव

मङ्गलबार, ३० मङ्सिर २०७७, १३ : ४६
मङ्गलबार, ३० मङ्सिर २०७७

दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका विजे चित्रा केहि दिन अघि एक होटलको कोठामा मृत पाइएकी थिइन् । करिब ६ दिनको अनुसन्धानपछि चित्राका श्रीमान् हेमनाथलाई पक्राउ गरिएको छ । स्रोतका अनुसार चित्राका श्रीमानले टिभी सिरियल र अन्य कार्यक्रममा इन्टिमेट सिन दिएको भन्दै श्रीमतीलाई गाली गरेका थिए । 

प्रहरीले आत्महत्याका लागि उक्साएको आरोपमा हेमनाथलाई पक्राउ गरेको हो । चित्राकी आमाले उनकी छोरीको मृत्युका लागि उनका श्रीमान् जिम्मेवार भएको आरोप लगाएकी थिइन् । 

भिजे चित्रा सिरियल पान्डिउन स्टोर्सका लागि परिचित छिन् । उनी लामो समयदेखि उक्त सिरियलमा मुलईको भूमिका निर्वाह गरिरहेकी छिन् । उक्त कार्यक्रममा उनी यति चर्चित भएकी थिइन् कि मानिसहरुले उनलाई मुलई भनेर नै चिन्दथे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप