देव गुरुङ भन्छन्– पार्टी संस्थागत चल्ने कि व्यक्तिगत भन्ने लडाइँ छ
काठमाडौं । नेकपाका मुख्य सचेतक देव गुरुङले कुनै पनि नेताको जिम्मेवारी हेरफेर गर्ने कुरा व्यक्तिको निर्णयमा नभई संस्थागत गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई केही दिनअघि बालुवाटार बोलाएर मुख्य सचेतकबाट राजीनामा गर्न दवाव दिएका थिए ।
प्रधानमन्त्री ओलीले संसदीय दलको नेतालाई असहयोग पुग्ने गतिविधि जारी राखेको भन्दै गुरुङको जिम्मेवारी खोस्ने चेतावनी पटक–पटक दिँदै आएका थिए । गुरुङले को व्यक्तिले के भन्यो भन्ने भन्दा पनि पार्टीलाई विधि विधान र पद्दतिमा हिँडाउने कि व्यक्ति विषेशमा भन्ने लडाई चलिरहेको बताए । उनले जिम्मेवार व्यक्तिको जिम्मेवारी हेरफेरबारे पार्टीले मात्रै निर्णय गर्न सक्ने समेत बताए ।
‘पार्टीको विधि पद्दतिअनुसार पार्टी कमिटीमा छलफल गरेर वा बैठक बस्न सकेन भनेपनि नेताहरुबीच सरसल्लाह गरेर निर्णय गर्नुपर्ने हो । कुनै पनि सवालमा व्यक्तिगत मामला बनाउन मिल्दैन’ उनले रातोपाटीसँग भने, ‘संस्थागत मामिला भएकाले सामूहिक संस्थागत पद्दतिलाई नै फलो गर्नुपर्छ भन्ने लाग्छ ।’
उनले पार्टीमा विधि र पद्दतिकै बहस चलिरहेको भन्दै एउटा धार सर्वसत्तावादी र एकाधिकारवादी भएकाले फरक मतलाई निषेध गर्न लागिरहेको बताए । ‘फरक मतलाई निषेध गर्ने एउटा छ भने अर्को धार त्यसरी हुँदैन यो संस्थागत ढंगले चल्नुपर्छ भन्नेमा छ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण