अध्यादेश जारीबाट सरकार सर्वसत्तावाद र निरकुशतातर्फ अगाडि बढेको पुष्टि भयो: रामचन्द्र पौडेल
मङ्गलबार, ३० मङ्सिर २०७७, १६ : ४८
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरंशुकतातर्फ सरकार अगाडि बढेको थप प्रमाण भएको बताएका छन् । वरिष्ठ नेता पौडेलले संवैधानिक परिषदको मुल मर्म विपरित संवैधानिक निकायमा आफ्नो अनुकूलका मानिसहरु भर्ति गर्ने कुत्सित नियतका साथ अध्यादेश आएको भन्दै टिप्पणी गरेका छन् ।
उनले निकट भविष्यमा सुरु हुन लागेको संसद अधिवेशनलाई छल्नका लागि हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुशतातर्फ सरकार अगाडि बढेको पुष्टि भएको बताए । उनले सरकारको यस्ता कार्यको घोर विरोध गर्दै तुरुन्त संसदको बैठक बोलाएर यस्ता अध्यादेश खारेज गर्न आह्वान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण