बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यादेशपछि नेकपाका शीर्ष नेताबीच छलफल, सुवास नेम्वाङ पनि खुमलटारमा

मङ्गलबार, ३० मङ्सिर २०७७, १६ : ५३
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । सरकारले अनायाशै संवैधानिक परिषद सम्बन्धि संशोधन अध्यादेश ल्याएपछि सत्तारुढ दलका शीर्ष नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भेला भएका छन् ।  खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका शीर्ष नेताले अध्यादेशबारे ठोस धारणा तय गर्ने एक नेताले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेपछि नेकपाका बहुमत नेताहरुले त्यसको विरोध गर्दै खारेज गर्न माग गरेका छन् । अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत आपत्ति जनाएको छ । 

खुमलटार भेलामा प्रचण्डसहित नेकपा वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जनाएको छ । यसैबीच नेकपाका अध्यक्ष प्रचण्डसहितका नेताले अध्यादेशप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री ओली पक्षीय नेता नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि प्रचण्ड निवास पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप