भन्सार छलेको २४ सय किलो चिनी बरामद
काठमाडौं । प्रहरीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २४ सय ६० केजी चिनी बरामद गरेको छ । मोरङ प्रहरीले ३ वटा मोटरसाइकलमा ल्याएर नेपालतर्फ पल्टी गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले रातोपाटीलाई बताए ।
तस्करी गर्ने समूहले भारतको कुवाडीबाट सो परिमाणको चिनी मोरङको धानपालथान गाउँपालिका–४ स्थित सुनिल राजवंशीको गोदाम अगाडी ल्याएका थिए । भन्सार छलेर चिनीको कारोबार गर्ने मोरङ घर भएका अभिषेककुमार शाह, दिपक कुमार मण्डल, अर्जुनकुमार मण्डल र रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
चिनी बोक्न प्रयोग गरिएको ३ वटा मोटरसाइकलसहित उनीहरुलाई पक्रेर आवश्यक कारवाहीका लागी भन्सार कार्यालय रानीमा बुझाइएको डिएसपी राईले बताए । मोरङ प्रहरीले सुनवर्सी नगरपालिका–७ गुद्री चोकबाट भन्सार छलेर भारतबाट ल्याएको ट्याक्टर पनि बरामद गरेको छ । १६ लाख मूल्य पर्ने सो ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । ‘अन टेष्ट’ सो ट्याक्टर प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण