कोभिडविरुद्धको खोपलाई स्वीकृति लिन ढिला नगर्न जर्मनीको आग्रह
एजेन्सी । युरोपेली संघ (ईयू)ले बायोएनटेक र फाइजरद्वारा विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि ‘क्रिसमस अघि’ अनुमोदन गर्नुपर्ने धारणा जर्मनीको रहेको बर्लिनले मङ्गलबार बताएको छ । “यो लक्ष्य क्रिसमसभन्दा पहिले कोभिड–१९ विरुद्धको खोपलाई ईयूमा प्रयोगका लागि स्वीकृति लिनु हो,” जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले बर्लिनमा एक प्रेस सम्मेलनमा भने । “हामी वर्षको अन्त्य हुनुअघि जर्मनीमा खोप सुरु गर्न चाहन्छौं ।”
एम्स्टर्डममा रहेको यूरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सशर्त स्वीकृति दिनका लागि ढिलोमा यो वर्षको डिसेम्बर २९ सम्ममा विशेष बैठक गर्ने योजना रहेको केही दिन पहिले बताएको थियो ।
ईएमएको उक्त योजनाले ईयूलाई खोप प्रयोग गर्न स्वीकृति दिने राष्ट्रहरूको संख्यामा पछाडि पारेपछि कतिपय ईयू सदस्य राष्ट्रहरूले खोप प्रयोगका लागि अनुमति दिन ढिला गर्नु नहुने धारणा राख्न थालिसकेका छन् । बेलायत, क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्नो नागरिकलाई खोप दिन सुरु गरिसकेका छन् ।
जर्मनीको बाइल्ड पत्रिकाका अनुसार ईयू सदस्य राष्ट्रहरूको दवावपछि ईएमएले यही २३ डिसेम्बरमा बैठक राखी ईयूमा कोभिड खोप प्रयोगका लागि अनुमति दिने वा नदिने भन्ने निश्कर्ष निकाल्ने बताएको छ ।“हामी डिसेम्बर २३ को अनुमोदनको बारेमा आशावादी हुन सक्छौं,” उनले भने । यद्यपि ईयु स्वास्थ्य निकायबाट यसबारे तत्काल कुनै पुष्टि भएको छैन ।
ईएमएका प्रवक्ताले एएफपीलाई भने, “हामीलाई बाइल्डको लेखको बारेमा थाहा छ । हामी बढीमा अझै डिसेम्बर २९ मा खोप प्रयोगका लागि अनुमति दिने योजनाका साथ काम गर्दैछौ । हालमा केहि पनि परिवर्तन भएको छैन ।” ईयूको खोपबारे निर्णय लिन भएको ढिलाइले ‘युरोपियन युनियनको कार्य गर्ने क्षमतामा’ को आत्मविश्वासलाई कमजोर पार्ने धारणा जर्मनीका स्वास्थ्यमन्त्री स्पानले व्यक्त गरे । यसैबीच जर्मन अस्पताल एसोसिएशनले पनि ईयूले यो खोप मान्यीकरण गर्न लिएको समयको बारेमा चिन्ता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण