सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

परम्परालाई निरन्तरता दिँदै होटल हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’

बिहीबार, ०२ पुस २०७७, ०७ : ०९
बिहीबार, ०२ पुस २०७७

कोभिड–१९ महामारीको यो विषम परिस्थितीमा पनि आफ्नो परम्परालाई निरन्तरता दिँदै राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याउनका लागि कार्यक्रमको आयोजना गरेको छ । 

हायतले गत सोमबार एक कार्यक्रम आयोजना गरी निकै कम व्यक्तित्वको उपस्थितीमा ‘क्रिसमस ट्री’ मा बत्ती बालेर यसलाई औपचारिकता दिएको छ । 

नेपालका लागि रसियाली राजदूतकी श्रीमती एलिना नोभिकोभाले उक्त कार्यक्रमलाई औपचारिकता दिएकी हुन् । 

कम्पनीका महाप्रबन्धक राजेश रामदासले कार्यक्रमको शोभा बढाइदिएकोमा नोभिकोभालाई धन्यवाद दिँदै भने, ‘प्रकाशले आशा र सकारात्मकतालाई प्रतिबिम्बित गर्छ, कोभिड पश्चात्को अर्को वर्ष हामीले राम्रा दिनहरु देख्न पाउने आशा गरेका छौं ।’

हायातले वर्षैपिच्छे क्रिसमसको रुखलाई सजाएर जिन्जरब्रेड हाउससमेत बनाएर राख्ने गर्दछ । क्रिसमस र अंग्रेजी नयाँ वर्षमा होटलमा आउनेहरुका लागि यो मुख्य आकर्षणको केन्द्र हुने गर्दथ्यो, बच्चाहरु पनि असाध्यै रमाउने गर्दथे । 

तर यस वर्ष अनुकूल स्थितीमा हायातले परम्परा धान्नका लागि सो कार्यक्रम सिमित व्यक्तित्वको उपस्थितीमा समापन गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप