परम्परालाई निरन्तरता दिँदै होटल हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’
कोभिड–१९ महामारीको यो विषम परिस्थितीमा पनि आफ्नो परम्परालाई निरन्तरता दिँदै राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याउनका लागि कार्यक्रमको आयोजना गरेको छ ।
हायतले गत सोमबार एक कार्यक्रम आयोजना गरी निकै कम व्यक्तित्वको उपस्थितीमा ‘क्रिसमस ट्री’ मा बत्ती बालेर यसलाई औपचारिकता दिएको छ ।
नेपालका लागि रसियाली राजदूतकी श्रीमती एलिना नोभिकोभाले उक्त कार्यक्रमलाई औपचारिकता दिएकी हुन् ।
कम्पनीका महाप्रबन्धक राजेश रामदासले कार्यक्रमको शोभा बढाइदिएकोमा नोभिकोभालाई धन्यवाद दिँदै भने, ‘प्रकाशले आशा र सकारात्मकतालाई प्रतिबिम्बित गर्छ, कोभिड पश्चात्को अर्को वर्ष हामीले राम्रा दिनहरु देख्न पाउने आशा गरेका छौं ।’
हायातले वर्षैपिच्छे क्रिसमसको रुखलाई सजाएर जिन्जरब्रेड हाउससमेत बनाएर राख्ने गर्दछ । क्रिसमस र अंग्रेजी नयाँ वर्षमा होटलमा आउनेहरुका लागि यो मुख्य आकर्षणको केन्द्र हुने गर्दथ्यो, बच्चाहरु पनि असाध्यै रमाउने गर्दथे ।
तर यस वर्ष अनुकूल स्थितीमा हायातले परम्परा धान्नका लागि सो कार्यक्रम सिमित व्यक्तित्वको उपस्थितीमा समापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण