ब्रेकअपपछि नयाँ ‘प्रेमी’सँग ज्याकी श्रोफकी छोरी कृष्णा श्रोफ, पूर्व प्रेमीले गरे यस्तो कमेन्ट
टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आफ्नो नीजि जीवनको विषयमा असाध्यै चर्चामा रहिन्छन् । उनी आफ्नो प्रेम जीवनबारे पनि खुल्ला पानासरह छिन् । सोसल मिडियामा कृष्णा निकै सक्रिय छिन् । उनी आफ्ना नीजि जीवनबारे विभिन्न पोस्ट सेयर गरिरहन्छिन् । अब कृष्णाको एउटा नयाँ फोटो सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।
कृष्णाले एउटा फोटो र छोटो भिडियो सेयर गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखिन्, ‘बेई टाइम’ । यदि कोही कसैको प्रेमी वा प्रेमिका हुन् भने सम्बोधनका लागि धेरैले ‘बेई’ भन्ने गर्छन् । फोटोमा उनी सेफ सल्ट बाईसँग पोज दिइरहेको देखिएकी छिन् र उनलाई गालामा चुम्बन गरिरहेकी छिन् ।
यो पोस्टमा कृष्णाका पूर्व प्रेमीले पनि कमेन्ट गरेका छन् ।
पूर्व प्रेमी एबन होम्सले कृष्णाको पोस्टमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘तिमी त यति छिट्टै अघि बढिसक्यौ ।’
कृष्णाको केही महिना अघि मात्रै ब्रेकअप भएको थियो । त्यसपछि कृष्णाले आफ्नो सोसल मिडिया अकाउन्टबाट एबनको सबै तस्बिर डिलिट गरेकी थिइन् ।
त्यसको केही समयपछि एबनले आफ्नो इन्स्टा स्टोरीमा लेखेका थिए, ‘दुरीले सम्बन्धमा असर पार्नुहुँदैन, प्रेमलाई सधैं खुल्ला छोड्नुपर्छ ।’
हुन त उनले यसमा कृष्णाको नाम लेखेका थिएनन् तर यो उनकै लागि लक्षित थियो भनेर धेरैले अनुमान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानाविरुद्ध कोलम्बियाले बनायो अग्रता
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण