बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

रकस्टारले भने, ‘राजकुमार ह्यारी पागल बच्चा हुन्’

बिहीबार, ०२ पुस २०७७, १३ : २७
बिहीबार, ०२ पुस २०७७

चर्चित रकगायक नोयल गलाहारले बेलायती राजकुमार ह्यारीलाई अपशब्द प्रयोग गर्दै गाली दिएका छन् । उनले बेलायती शाही परिवारको जीवन पनि उराठलाग्दो रहेको बताए । 

३६ वर्षीय पूर्वराजकुमार ह्यारी र उनकी श्रीमती मेघान मर्केलले बेलायती शाही सदस्यको पद त्यागेर सुरु गर्न थालेको सामाजिक अभियानबाट उनी प्रभावित छैनन् । ‘राजकुमार ह्यारीलाई पक्कै पनि कसैले गम्भिर रुपमा लिदैंन ? उनी केवल पागल बच्चा हुन्,’ नोयलले भने । 

५३ वर्षीया नोयललाई महारानी र बेलायती शाही परिवारका सदस्यहरुको जीवन पनि राम्रो लाग्दैन । आम सर्वसाधारणले उनीहरु धनी र सम्मानित छन् भनेर बुुझेपनि धेरै स्वतन्त्रताबाट शाही परिवार बन्चित रहेको नोयलको दाबी छ । ‘उनीहरुसँग सम्पत्ति भएपनि चाहेको बेला जहाँकही जानसक्ने, चाहेजस्र्ता गर्नसक्ने अवस्था छैन । उनीहरु धेरै औपचारिक छन् । उनीहरु दरबारमा बोरिङ भएर बसेका छन्,’ नोयलले भने । 

शाही परिवारको प्रशंसन नभएपछि नेटफ्लिक्सबाट प्रशारण हुने शृंखला ‘द क्राउन’ हेर्न भने आफुलाई मज्जा लाग्ने गरेको उनले बताए । नोयलका अनुसार उनी श्रीमतीसँग बसेर यो शृंखला हेर्छन् । ‘नाटक हेर्दै गर्दा म सोच्छुु । म्यानचेस्टरमा बेरोजगार हुँदाको मेरो जीवन पनि शाही परिवारभन्दा त राम्रो थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप