चीनले बायोएनटेकको खोप किन्ने
कोरोनाविरुद्ध आफैं खोप निर्माण गरिरहेको चीनले बायोएनटेक र फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोप पनि किन्ने भएको छ ।
बायोएनटेक र उसका साझेदार चिनियाँ साझेदार सांघाई फोसन फर्मास्युटिकल्सले एक वक्तव्य जारी गरी जानकारी दिएअनुसार चीनले उक्त खोपको १० करोड डोज किन्ने भएको छ ।
चीनको सरकारले त्यसका लागि अनुमति प्रदान गरिसकेकाे र चाँडै नै खोप पठाउन थालिने बताइएको छ ।
त्यसो त चीन आफैंले खोप निर्माण गरिरहेको भए पनि जनतामा त्यसबारे धेरै भ्रम र आशंका छाएको छ । त्यसैले मध्यमवर्गीय चिनियाहरुले घरेलु खोपभन्दा पनि बढी विदेशी खोपलाई विश्वास गर्ने वातावरण चीनमा पैदा भइरहेको छ । अर्कोतिर चीनको उत्पादनले घरेलु मागलाई धान्न सक्ने अवस्था नरहेकोले पनि बायोएनटेकको खोपले चीनमा बजार पाउने सम्भावना पनि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण