मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चीनले बायोएनटेकको खोप किन्ने

बिहीबार, ०२ पुस २०७७, २० : ०५
बिहीबार, ०२ पुस २०७७

 

 

 

कोरोनाविरुद्ध आफैं खोप निर्माण गरिरहेको चीनले बायोएनटेक  र फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोप पनि किन्ने भएको छ ।

बायोएनटेक र उसका साझेदार चिनियाँ साझेदार सांघाई फोसन फर्मास्युटिकल्सले एक वक्तव्य जारी गरी जानकारी दिएअनुसार चीनले उक्त खोपको १० करोड डोज किन्ने भएको छ ।

चीनको सरकारले त्यसका लागि अनुमति प्रदान गरिसकेकाे र चाँडै नै खोप पठाउन थालिने बताइएको छ ।

त्यसो त चीन आफैंले खोप निर्माण गरिरहेको भए पनि जनतामा त्यसबारे धेरै भ्रम र आशंका छाएको छ । त्यसैले मध्यमवर्गीय चिनियाहरुले घरेलु खोपभन्दा पनि बढी विदेशी खोपलाई विश्वास गर्ने वातावरण चीनमा पैदा भइरहेको छ । अर्कोतिर चीनको उत्पादनले घरेलु मागलाई धान्न सक्ने अवस्था नरहेकोले पनि बायोएनटेकको खोपले चीनमा बजार पाउने सम्भावना पनि देखिएको छ ।                                                                                                              

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप