अमेरिकामा साइबर आक्रमणले गम्भीर खतरा उत्पन्न, महत्वपूर्ण सूचना चोरी
ह्याकरहरुका कारण सरकार, महत्वपूर्ण भौतिक पूर्वाधार र निजी क्षेत्रमा गम्भिर खतरा उत्पन्न भएको चेतावनी अमेरिकी अधिकारीहरुले दिएका छन् ।
यसै साता अमेरिकामा एउटा ठूलो ह्याकिङ अभियान सञ्चालन भइरहेको खुलेको थियो । अधिकारीहरुका अनुसार अमेरिकी अर्थ र वाणिज्य विभागहरुमा पनि ह्याकरहरुले आक्रमण गरेका छन् । अमेरिकी साइबर सेक्युुरिटी तथा पूर्वाधार सुरक्षा एजेन्सी (सिआईएसए) ले यो आक्रमण ‘अत्याधिक जटिल’ हुने जनाएको छ ।
यस आक्रमणको पछाडि रुस सरकारको संलग्नता रहेको अधिकांशको शंका छ, यद्यपि, रुसले यस आरोपलाई निराधार भन्दै खण्डन गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै सिआईएसएले सरकारी एजेन्सी, महत्वपूर्ण पूर्वाधार र निजी संस्थाहरुलाई निधानामा पारिएको जनाएको छ । विज्ञप्तिअनुसार यस्तो आक्रमणको सुरुवात कम्तिमा मार्च २०२० देखि भएको थियो । आक्रमणकारीको पहिचान भने सिआईएसएले भने गरेको छैन ।त्यस्तै, कस्ता एजेन्सी वा संस्थाहरुमा क्षति पुग्यो र कस्ता सूचना चोरियो र बाहिर ल्याइयो भन्ने पनि खुलाइएको छैन ।
यता, अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो प्रशासनले साइबर सेक्युुरिटीलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् । ‘पहिलो कुरा, हामीले हाम्रा शत्रुहरुलाई हाम्रोमा महत्वपूर्ण साइबर आक्रमणहरु गर्नबाट अवरोध गर्ने र रोक्ने काम गर्नुपर्छ,’ बाइडेनले भनेका छन्,‘हाम्रा साझेदार र सहयोगीहरुसँगको समन्वयमार्फत हामी यो गर्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण