बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिड्नीमा कोभिडः बढ्दो संक्रमणका कारण नयाँ प्रतिबन्ध लागू

आइतबार, ०५ पुस २०७७, ०९ : ५१
आइतबार, ०५ पुस २०७७

अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य सिड्नीमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण प्रतिबन्धका नयाँ नियमहरु लागू गरेको छ । 

यो नयाँ नियम अनुसार बुधबारसम्म घरमा १० जना व्यक्ति मात्रै जम्मा हुन पाउनेछन् भने आतिथ्य स्थलमा ३ सय जना मात्रै भेला हुन पाउने नियम बनाइएको छ । यसका साथै मानिसहरुलाई घर भित्रै बस्न निर्देशन जारी गरिसकिएको छ । 

शहरको उत्तरी तटीय समुद्र क्षेत्रमा नयाँ संक्रमित भेटिएपछि उक्त क्षेत्रमा लकडाउन गरिएको छ ।     त्यहाँ गत सोमबारदेखि लकडाउन लागू गरिएको छ । 

तत्पश्चात् सिड्नीका बासिन्दा क्रिसमसका लागि छुट्टीमा जानका लागि हतारमा छन् र 

न्यू साउथ वेल्सबाट हज्जारौं मानिसहरु छिमेकी राज्य भिक्टोरिया पुगेका छन् । 

यता भिक्टोरियाले सिड्नीका बासिन्दाका लागि आफ्नो सीमा बन्द रहने घोषणा गरेको छ । 

संक्रमितको संख्या बढेपछि सिड्नीबाट होबार्ट याच रेसको कार्यक्रम पनि स्थगित गरिएको छ । यो कार्यक्रम इतिहासमा पहिलो पटक रोकिएको हो । 

सेन्ट्रल कोस्ट र ब्लू माउन्टेनलगायत सिड्नीमा लगाइएको प्रतिबन्ध सामुदायिक रुपमा फैलन बन्द भएपछि फुकुवा गर्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप