सिड्नीमा कोभिडः बढ्दो संक्रमणका कारण नयाँ प्रतिबन्ध लागू
अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य सिड्नीमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण प्रतिबन्धका नयाँ नियमहरु लागू गरेको छ ।
यो नयाँ नियम अनुसार बुधबारसम्म घरमा १० जना व्यक्ति मात्रै जम्मा हुन पाउनेछन् भने आतिथ्य स्थलमा ३ सय जना मात्रै भेला हुन पाउने नियम बनाइएको छ । यसका साथै मानिसहरुलाई घर भित्रै बस्न निर्देशन जारी गरिसकिएको छ ।
शहरको उत्तरी तटीय समुद्र क्षेत्रमा नयाँ संक्रमित भेटिएपछि उक्त क्षेत्रमा लकडाउन गरिएको छ । त्यहाँ गत सोमबारदेखि लकडाउन लागू गरिएको छ ।
तत्पश्चात् सिड्नीका बासिन्दा क्रिसमसका लागि छुट्टीमा जानका लागि हतारमा छन् र
न्यू साउथ वेल्सबाट हज्जारौं मानिसहरु छिमेकी राज्य भिक्टोरिया पुगेका छन् ।
यता भिक्टोरियाले सिड्नीका बासिन्दाका लागि आफ्नो सीमा बन्द रहने घोषणा गरेको छ ।
संक्रमितको संख्या बढेपछि सिड्नीबाट होबार्ट याच रेसको कार्यक्रम पनि स्थगित गरिएको छ । यो कार्यक्रम इतिहासमा पहिलो पटक रोकिएको हो ।
सेन्ट्रल कोस्ट र ब्लू माउन्टेनलगायत सिड्नीमा लगाइएको प्रतिबन्ध सामुदायिक रुपमा फैलन बन्द भएपछि फुकुवा गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण