शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ५ हजार १ सय १५ पुग्यो

आइतबार, ०५ पुस २०७७, ११ : ४०
आइतबार, ०५ पुस २०७७

कोरोनाभाइरस (कोभिड—१९) का संक्रमित बढेसँगै संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गएको छ । 

नेपालमा हालसम्म संक्रमित हुने चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मीको संख्या बढेर ५ हजार १ सय १५ जना पुगिसकेको स्वास्थ्य तथा मन्त्रालयका सह—प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

काठमाडौंमा मात्रै १ हजार ७  सय  ६३  संक्रमित भइसकेका छन् भने ललितपुरमा ५ सय १२ जना पुगको छ । यस्तै भक्तपुरमा ३ सय ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्  । चितवनमा ३ सय ९९, मोरङमा २ सय १ जनामा संक्रमण देखिइसकेको छ । 

कोरोनाभाइरस संक्रमणका कारण ८ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप