आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट बैंकको १८.५ प्रतिशत लाभांश प्रस्ताव, पुँजी १६ अर्ब नाघ्ने

आइतबार, ०५ पुस २०७७, ११ : ५०
आइतबार, ०५ पुस २०७७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने भएको छ । 

बैंक सञ्चालक समितिको केही समय अघि बसेको बैठकले गतवर्षको नाफाबाट आफ्नो १४ अर्ब २४ करोड ८९ लाख चुक्ता पुँजीको आधारमा २ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उक्त लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद वितरण गरिने बैंकले जनाएको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । 

सो लाभांश वितरण भएपछि बैंकको चुक्ता पुँजी १६ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप