यूरोपका अधिकांश मुलुकमा पुनः लकडाउन
एजेन्सी । विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।
केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् । बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाब दिएपछि यूरोपेली मुलुकहरूले उक्त विकल्प रोजेका हुन् । बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।
कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बड्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रसासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।
यसैगरी कोभिड–१९ बाट बढी प्रभावितमध्येको अर्को यूरोपेली मुलुक इटलीमा पनि सोमबारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावना रहेको भन्दै यूरोपेली अन्य मुलुकहरूले पनि महामारी नियनत्रणका विभिन्न उपायलाई अवलम्बन गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण