१७ महिने कार्यकाललाई पूर्णविराम लगाउँदै पर्यटनमन्त्री भट्टराई बाहिरिए

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई मन्त्रालयले औपचारिक रुपमा विदाइ गरेको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रालयले मन्त्री भट्टराईको विदाइ गरेको हो ।
मन्त्री भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएर विदाइ गरे । साथै, मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स–सम्मान विदाइ गरेका छन् ।
गत आइतबारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले हिजै आफ्नो राजीनामा घोषणा गरेका थिए । विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आफ्नो १७ महिने कार्यकालमा जति काम भएका छन् त्यो कोभिड–१९ को कठिन अवस्थामा पनि सन्तोषजनक भएको बताए ।
यद्यपि पर्यटन क्षेत्रको सुधारमा आफुले राखेको र लिएको लक्ष्य राजनीतिक व्यवधान र परिस्थितिका कारण पूर्णरुपमा कार्यन्वयनमा ल्याउन नसकिएको मन्त्री भट्टराईले बताए । २०७७ साउन १५ गते मन्त्री भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)