बजरंगी भाइजानदेखि वीर जारासम्मः अभिनेताका घरमा सुटिङ भएका यी फिल्म
सैफ अली खानको आउँदो वेब सिरिज तान्डव अहिले चर्चाको विषय बनेको छ । कहिले विवादका कारण त कहिले सुटिङ लोकेशनका कारण, सिरिज र कलाकार चर्चामा आइरहन्छन् । सिरिजका केही दृश्यको सुटिङ सैफ अली खानको आफ्नो घर पटौदी प्यालेसमा भएको बताइन्छ । सुनिल ग्रोवरले एक समाचार पोर्टलसँगको कुराकानीमा तान्डवका केही दृश्य पटौदी प्यालेसमा सुट गरिएको जानकारी दिएका छन् ।
तान्डवबाहेक बलिउडका अन्य थुप्रै फिल्म छन् जसको सुटिङ लोकेसन कुनै सेट नभई कलाकारको आफ्नै घर थिए । आउनुहोस्, ती फिल्मबारे जानकारी लिऔं ।
– फिल्म की एण्ड का फिल्ममा एउटा दृश्य आउँछ जब अर्जुन कपुर, अमिताभ बच्चन र जया बच्चनलाई भेट्न जान्छन् । उनीहरुको यो भेट अमिताभको घरमा हुन्छ । रोचक कुरा के छ भने यसको सुटिङ अमिताभको आफ्नै घरमा भएको हो ।
– फिल्म रंग दे बसन्तीका केही भागको सुटिङ पटौदी प्यालेसमा भएको हो । राकेश ओमप्रकाश मेहराको निर्देशनमा बनेको यो फिल्ममा पटौदी प्यालेसलाई चिन्न मुश्किल छ ।
– सञ्जय दत्तबारे बनेको फिल्म सञ्जूका केही दृश्य पनि सञ्जयको आफ्नै घर इन्पेरियल हाइट्समा सुटिङ गरिएको थियो । फिल्ममा रणबीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका थिए ।
– शाहरुख खान स्टारर फ्यानमा शाहरुखले दोहोरो भूमिका निभाएका थिए । एक दृश्यमा शाहरुखका प्रशंसक शाहरुखलाई भट्न उनको घर मन्नत बाहिरसम्म पुग्छन् । यो दृश्य शाहरुखको घरमै सुटिङ गरिएको हो ।
– अनुराग कश्यप निर्देशित फिल्म बम्बे टकिजको सुटिङ अमिताभ बच्चनको दोस्रो घर प्रतिक्षा र केही दृश्यको सुटिङ करण जोहरको घरमा भएको हो । करण जोहरको घर रानी मुखर्जी र रणदीप हुड्डाको घरको रुपमा देखाइएको छ ।
– सलमान खानको सुपरहिट फिल्म बजरंगी भाइजानको सुटिङ सोनमर्थ र जोजिलामा भएको हो तर फिल्मका केही दृश्य सलमानको फार्महाउसमा पनि भएको छ । पनवेलस्थित सलमान खानको फार्महाउसमा फिल्ममा केही दृश्य सुट गरिएको थियो ।
– शाहरुख खान र प्रीति जिन्टा स्टारर फिल्म वीर जारा भारत–पाकिस्तानका दुई प्रेमीको कहानी थियो । यो फिल्ममा प्रीति जिन्टाको बंगला निकै शानदार देखाइएको थियो । यो बंगला पटौदी प्यालेस नै थियो । पदौदी प्यालेसमा वीर–जारा फिल्मका थुप्रै दृश्य सुट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण