काँग्रेस सकियो भन्नेहरु काँग्रेसको ढोका ढकढक्काइ रहेका छन्ः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरु धारणा राख्ने क्रम सुरु भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले विषय प्रवेश गरेसँगै बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकको विषय प्रवेश गर्दै देउवाले भने, ‘प्रधानमन्त्री केपी ओेलीले अधिनायकवाद सोच र शैलीबाट चालिएको प्रतिनिधिसभा विघटनको कदममा गम्भीर हुनु छ । यश विषयमा हामीले पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारीका बीचमा पनि छलफल गरौँ । हिजो नेकपा र जनता समाजवादी पार्टीका नेताहरुसँग पनि छलफल भयो ।
मुलुकमा उत्पन्न संवैधानिक संकटलाई सही दिशामा डोर्याउन नेपाली काँग्रेसको काँधमा जिम्मेवारी छ ।ू संसद विघटनले हाम्रा सम्पूर्ण उपलब्धिमाथि प्रश्न उठको देउवाको भनाई थियो । यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनपी साउदलगायतले आफ्नो धारणा राखेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओेलीको असंवैधानिक कदमबारे काँग्रेस गम्भीर बन्नुपर्नेमा जोड दिए । ‘नेपाली काँग्रेस सकियो भन्नेहरु काँग्रेसको ढोका ढकढक्काइ रहेका छन् । हामी हाम्रो नेतृत्वमा बनेको संविधानको रक्षाका विषयमा गम्भीर बन्नुपर्छ । ओेलीले असंवैधानिक कदम चाल्नुभएको छ । उहाँ कति हदसम्म जानुहुन्छ । यस विषयमा काँग्रेस गम्भीर बन्न जरुरी छ।’
बैठकको एजेण्डाबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका थिए । उनले भने, ‘प्रधानमन्त्रीले घरेलु झगडालाई व्यवस्थापन गर्न नसकेर संसद विघटनको कदम चाल्नुभयो । यतिले जिम्मेवार प्रतिपक्षीका रुपमा नेपाली काँग्रेस दलगत लाभ भन्दा पनि देशको लाभमा उभिन्छ ।ू मुलुकमा उत्पन्न संकटपछि सिंगो देशको ध्यान काँग्रेस कस्तो नीति अख्तियार गर्छ भनेर केन्द्रित भएको उनको भनाई छ ।
यसलाई मध्यनजर गरेर केन्द्रीय समित बैठक निष्कर्षमा पुग्ने उनले बताए । बैठकमा मध्यावधि निर्वाचन, संसद विघटनको असंवैधानिक कदमको न्यायिक उपचार अन्य दलसँगको सहकार्यका विषयमा केन्द्रित रहेको शर्माले बताए । केन्द्रीय सदस्यलाई कुनै सकय सीमा नतोकी आफ्नो धारणा राख्न भनिएकाले काँग्रेस बैठक लम्बिने देखिएको छ । प्रवक्ता शर्माले पनि बैठक दुई तीन दिन लम्बिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण