कोरोनाको नयाँ प्रकारको त्रासः लण्डनस्थित नेपाली दूतावासद्वारा नेपाल जाने भिसामा रोक
लण्डन । बेलायतस्थित नेपाली दूतावास लण्डनले मंगलबार एक सूचना जारी गर्दै नेपालका लागि तत्काल पर्यटक एवम् अन्य भिसा जारी नगरिने बताएको छ । नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई मंगलबारबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै दूतावासले उक्त सूचना जारी गरेको हो ।
नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मिति पुस ७ गतेको निर्णयले संयुक्त अधिराज्यबाट प्रस्थान गरी नेपाल जाने एवं संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको हो । पुस ७ गते एयरपोर्टमा ट्रान्जिटमा रहेको बाहेक अर्को सूचना नहुन्जेलसम्म नेपाल आगमनमा रोक लगाइएको हो । नेपाल सरकारको सोहि निर्णयलाई आधार मान्दै यस अवधिमा नेपालका लागि भिसा वितरण गर्ने कार्य स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।
बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसले नयाँ रुप परिवर्तन गरेपछि पचासभन्दा बढी मुलुकहरुले बेलायतबाट हुने सम्पूर्ण उडानमा रोक लगाएका छन् । हाल बेलायतमा देखिएको नयाँ किसिमको भाइरस ‘भियूआइ–२०२०१२०१’ यस अघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाइएको छ ।
पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमण दर, मृतक संख्या र हस्पिटल भर्ना हुनेको संख्या अत्यधिक वृद्धि भएको छ । मंगलबार एकैदिन बेलायतमा ६९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ३०७ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३६ हजार ८०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएको भन्दै सरकारले विशेष गरि लन्डन क्षेत्रमा ‘टीयर ४’ नाम दिइएको लकडाउन घोषणा गरेको छ, जुन यसअघि गरिएको देशव्यापी लकडाउन जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण