बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

ब्रेन ट्युमरबाट पिडित बच्चीको उपचारमा सोनुले गरे सहयोग

बुधबार, ०८ पुस २०७७, २१ : २५
बुधबार, ०८ पुस २०७७

मुम्बई । अभिनेता सोनु सुद गरिबका लागि भगवान साबित भएका छन् । उनले सर्वसाधरणका लागि गर्दै आएको मद्दतको सिलसिला अहिले पनि जारी रहेको छ । हालै उनले १७ बर्षकी एक बच्चीको उपचारमा मद्दत गरेका छन् ।

जो ब्रेन ट्युमरबाट पिडित रहेकी थिइन् । उनको यो मद्दतको चौतफी तारिफ भैरहेकोछ । एक ट्वीटर प्रयोगकर्ताले बच्चीको रिपोटको तस्बिर सोसल मिडियामा शेयर गर्दै सोनुसँग सहयोगका लागि अफिल गरेका थिए । उनले ट्वीटमा लेखेका थिए ‘यस बच्चीको तुरुन्त उपचार नभए ढिलो हुनजान्छ ।’
ट्वीटरमा देख्ने बितिकै सोनुले जवाफ फर्काएका थिए ‘ढिलो कसरी हुन्छ । आजै उनको सर्जरी हुन्छ ।’

सोनुले यो ट्वीट आफ्नो समाजसेवी संस्था ‘इलाज इन्डिया’को ट्वीटर एकाउन्टमा समेत ट्याग गरेका थिए । यस अगाडि पनि सोनुले देशका कयौ ब्यक्तिको मद्दत गरिसकेका छन् ।

उनको मद्दतको सिलसिला देखेर फ्यान अहिले उनलाई देवता मान्न थालेका छन् । तेलंगानाको सिद्धीपेट जिल्लाको डुब्बा टान्डा गाउका अधिकारीले सोनुको मद्दतको सम्मानमा उनको नाममा एक मन्दिर समेत बनाएका छन् । मन्दिर भित्र सोनुको मुर्ति पनि राखिएको छ । मन्दिर गतआइतबार खोलिएको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप