बेलायतमा कोरोनाको दोस्रो लहरः एकै दिन सात सयभन्दा बढीको मृत्यु
बिहीबार, ०९ पुस २०७७, ०७ : ३०
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण एकैदिनमा सात सय भन्दा बढीको मृत्यु भएको छ ।
यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी हो।
हाल बेलायतमा कोरोना भाइरसले नयाँ स्वरप परिवर्तन गेरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा मात्र थप सात सय ४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ । यसैगरी केरोना भाइरसका संक्रमितको संख्या पनि दोस्रो लहर सुरु भएयताकै सबै भन्दा बढी भएको छ ।
संक्रमित संख्या पनि गएको २४ घण्टामा ३९ हजार २७ ३ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण