बिकिनी फोटोमाथि ट्रोल गर्नेहरुलाई कंगनाको तिखो जवाफ
बलिउड नायिका कंगना रनौटले आफूलाई बिकिनी फोटोका लागि ट्रोल गर्नेहरु र उनलाई संस्कारको पाठ सिकाउनेहरुलाई तिखो जवाफ फर्काएकी छिन् । नायिकाले आफ्नो फेसबुक पोष्टमा मानिसहरुलाई धर्ममा चल्न सल्लाह दिँदै उनीहरुलाई धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् ।
कंगनाले आफ्नो सोसल मिडिया पोस्टमा लेखेकी छिन्, ‘केही मानिसहरुले मेरो बिकिनी फोटो हेरेर मलाई धर्म र सनातकको विषयमा पाठ दिइरहेका छन् । यदि कुनै बेला माता भैरवीले कपाल खोलेर, वस्त्रहीन भएर रगत पिउने अवतार लिएर आएको खण्डमा तिमीहरुले के होला ? तिमीहरुको केही लाग्दैन र आफूलाई भक्त भनिरहेका छौ ? धर्ममा हिँड, यसको ठेकेदार नबन ।’
कुछ लोग मेरी बिकिनी पिक्चर देखकर मुझे धर्म और सनातन का लेक्चर दे रहे हैं, अगर कभी माँ भैरवी बाल खोल, वस्त्रहीन, ख़ून पीने वाली छवि लेकर सामने आ जाए तो तुम्हारा क्या होगा? तुम्हारी तो फट जाएगी और ख़ुद को भक्त कहते हो? धर्म पे चलो उसके ठेकेदार मत बनो.... जय श्री राम 🙏 pic.twitter.com/AIyNrSiTTT
— Kangana Ranaut (@KanganaTeam) December 23, 2020
यो फोटोका लागि ट्रोल भएकी थिइन् कंगनाः
कंगना रनोटले बुधबार बिहान सोसल मिडियामा आफ्नो मेक्सिको यात्राका बेला खिचिएको बिकिनी फोटो सार्वजनिक गरेकी थिइन् । यसमा उनी समुद्रको किनारामा बसिरहेको देखिएकी छिन् । नायिकाले क्याप्सनमा लेखेकी थिइन्, ‘शुभप्रभात साथीहरु । मैले जतिपनि यात्रा गरेँ, तीमध्ये सबैभन्दा उत्साहित पारिदिने स्थानमध्येको एक हो मेक्सिको । सुन्दर तर अप्रत्यासित स्थान । यो मक्सिकोको एउटा सानो टापु तुलुमको फोटो हो ।’
सोसल मिडिया प्रयोगकर्ताले कसरी गरे ट्रोल ?
फोटो हेरेपछि सोसल मिडिया प्रयोगकर्ताले उनीमाथि रोष व्यक्त गरे त केही प्रयोगकर्ताले उनको समर्थन पनि गरे । उदाहरणका लागि एक प्रयोगकर्ताले उनलाई संस्कृतको पाठ पढाउँदै उनलाई झाँसीकी रानीको अभिनय गरेकोमा उनले उनीबाट केही कुरा सिक्नुपर्ने बताएका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण