बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा जलेर ४३ वर्षीया महिलाको मृत्यु

बिहीबार, ०९ पुस २०७७, १६ : ३५
बिहीबार, ०९ पुस २०७७

कञ्चनपुर । पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर  मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । 

थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुग्नुभएको थियो । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप