ब्रान्ड भ्यालुुमा अक्षय र सलमानभन्दा प्रियंका अगाडि
एजेन्सी । अनलाइन सेन्टिमेन्ट एनालाइसिस कम्पनी चेकब्रान्डका अनुसार प्रियंका चोपडाको ब्रान्ड भ्यालुु सलमान खान र अक्षयकुमारको भन्दा पनि धेरै छ । यो कम्पनीले फिल्मस्टारहरुको ब्रान्ड भ्यालुबारे विश्लेषण गर्ने गरेको छ । कम्पनीका अनुसार प्रियंका चोपडाको ब्रान्ड भ्यालु २ दशमलव ६५ अर्ब भारु छ । अक्षयकुमारको ब्रान्ड भ्यालु २ दशमलव ६० अर्ब भारु छ भने सलमान खानको ब्रान्ड भ्यालु २ दशमलव ५२ अर्ब भारु छ ।
त्यसैगरी दीपिका पादुुकोणको ब्रान्ड भ्यालु २ दशमलव ११ अर्ब भारु र शाहरुख खानको ब्रान्ड भ्यालु २ दशमलव ९ अर्ब भारु आँकिएको छ । कम्पनीले सामाजिक सञ्जालको इन्गेजमेन्ट र फलोअर्सका आधारमा यो ब्रान्ड भ्यालु तय गरेको हो । रिपोर्टअनुसार पछिल्लो तीन महिनामा सबैभन्दा ज्यादा ट्रेन्डिङमा अभिनेत्री कृति सैनन रहिन् ।
तीन महिनाको अवधिमा प्रियंका दोस्रो र आलिया भट्ट तेस्रो स्थानमा रहे । त्यसपछि अक्षयकुमार, सलमान खान, आमिर खान र शाहरुख खान टे«न्डिङमा रहे । कम्पनीले ट्वीटर, गुगल सर्च, विकी र यूट्युब टे«न्डका आधारमा यो तथ्याङ्क निकालिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण