धरहराको २० औं तलाबाट यस्तो देखियो काठमाडौं शहर (फोटोफिचर)
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तला निर्माण सम्पन्न गरेको छ । २० औं तलामा यतिबेला काठमाडौं उपत्यका अवलोकन गर्ने बार्दलीको निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म धरहराको निर्माण सकिने र अर्को वर्ष भदौंसम्म सर्वसाधारणका लागि खुला गरिने प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने– ‘यो आर्थिक वर्षभित्रमा धरहरा निर्माणको काम सक्छौँ । अहिले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको छ । सो बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको छ ।’
धरहरा जमिनमुनीदेखि २५ तला र जमिनको सतहदेखि २३ तला हुनेछ । धरहरास्थित सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था गर्न लागिएको छ भने धरहरा आसपासमा पानीको फोहोरा सहितको आकर्षक बगैंचा बनाउने तयारी छ । २०७२ सालको बिनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहरा निर्माणको काम २ वर्ष अघि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिविका प्राध्यापकको निधन
-
दुई देशका अदालतका बिचमा हुने भनिएको एमओयू किन अन्तिम समयमा रोकियो ?
-
रुसले जेलेन्स्कीलाई राख्यो वान्टेडको सूचीमा
-
अर्थतन्त्रको बर्तमान अवस्थाबारे चेम्बरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
-
अछाममा कक्षा १२ का विद्यार्थीले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएपछि...
-
उपेन्द्र यादवको पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने