धरहराको २० औं तलाबाट यस्तो देखियो काठमाडौं शहर (फोटोफिचर)
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तला निर्माण सम्पन्न गरेको छ । २० औं तलामा यतिबेला काठमाडौं उपत्यका अवलोकन गर्ने बार्दलीको निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म धरहराको निर्माण सकिने र अर्को वर्ष भदौंसम्म सर्वसाधारणका लागि खुला गरिने प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने– ‘यो आर्थिक वर्षभित्रमा धरहरा निर्माणको काम सक्छौँ । अहिले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको छ । सो बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको छ ।’

धरहरा जमिनमुनीदेखि २५ तला र जमिनको सतहदेखि २३ तला हुनेछ । धरहरास्थित सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था गर्न लागिएको छ भने धरहरा आसपासमा पानीको फोहोरा सहितको आकर्षक बगैंचा बनाउने तयारी छ । २०७२ सालको बिनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहरा निर्माणको काम २ वर्ष अघि भएको हो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण