अलिया आफ्नो प्रेमिका भएको स्वीकार गर्दै रणवीरले भने, ‘महामारी नभएको भए हाम्रो विवाह भइसक्थ्यो’
रणबीर कपूरका अनुसार कोरोनाभाइरसको महामारी नआएको भए अहिलेसम्मको उनको विवाह भइसक्थ्यो । उनले यो खुलासा पत्रकार राजीव मसन्दलाई दिएको अन्तरवार्तामा गरेका हुन् ।
उनले पहिलोपटक सार्वजनिकरुपमा आलिया भट्टलाई आफ्नो प्रेमिका पनि बताए । उनले भने, ‘तपाईंलाई थाहा छ मेरी प्रेमिका आलिया ओभर एचिभर हुन् । उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन् । उसको अगाडी म आफूलाई अन्डर एचिभर महसुस गर्छु ।’
रणबीर भन्छन्, ‘यदी महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो । तर म यसलाई अभागी भन्न चाहन्नँ । म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु ।
अन्तरवार्तामा रणवीरले पिता ऋषि कपुरसँग बिताएको पछिल्लो दुई वर्ष सम्झिएर निकै भावुक बने । उनले भने, ‘उनको मृत्यु अघि दुई वर्ष मैले उनीसँग धेरै समय बिताएँ । उनीसँग होटलमा बस्न, त्यहाँबाट केमोथेरापीका लागि अस्पताल जान । उनको नजिक रहन । यो सबै चाँडोचाँडो भइरहेको थियो । यसले मेरो जीवनमा कस्तो प्रभाव पार्यो भनेर म शब्दले बयान गर्न सक्दिनँ । तर, मलाई थाहा छ कि मेरो जीवनमा उनको ठूलो प्रभाव छ ।’
रणवीरले सन् २०२० आफ्नो लागि निकै कठिन भएको बताए । उनले यो वर्ष आफ्नो पितालाई गुमाएका थिए । ऋषि कपुरको गत ३० अप्रिलमा निधन भएको थियो ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण