साउथ अभिनेता अनिल नेदुमन्गडको पानीमा डुबेर मृत्यु
मुम्बई । साउथ इन्डियन फिल्मका अभिनेता अनिल नेदुमन्गडको मृत्यु भएको छ । ४८ बर्षिया अनिलको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो ।
समाचारका अनुसार अनिल साथीहरुसँग नुहाउन मलन्करा बाधमा पुगेका थिए । सोही क्रममा उनको डुबेर निधन भएको हो ।
पानीमा डुब्ने बितिक्कै उनलाई सहयोगकर्मीको मद्दतले बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
अभिनेता एक फिल्मको सुटिङको सिलसिलामा थोड्डुपुझामा रहेका थिए । सोही क्रममा उनी साथीहरुसँग नुहाउन बाधमा पुगेका थिए ।
फिल्ममा अभिनेता जोजु जार्ज समेतको मुख्य भुमिका रहनेछ । अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर सुरु गरेका थिए । २०१४बाट उनले फिल्म अभिनय थालेका थिए । कयौ फिल्ममा उनले सम्झनलायक भुमिका निर्वाह गरेका छन् ।
‘अथ्यप्पनम कोशियुम’, ‘कम्मतिपादन’, ‘पावडा’, ’किस्मत’ र ‘पैरोल’ जस्ता फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण