ओलीले पहिलेदेखि नै पार्टी फुटाउन चाहेका थिएः भीम रावल
कैलाली । नेकपा (प्रचण्ड–माधव समूह) का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेदेखि नै पार्टी फुटाउन चाहेको बताएका छन् । धनगढीमा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले सो कुरा बताएका हुन् । नेता रावलले भने, ‘पार्टी स्थायी समितिको निर्णय नमान्ने, पार्टीको अध्यक्ष भएर पनि बैठकमा नआउने, बरु भागेर हिँड्ने ओलीले आलोचना भएको बहानामा झुठा आरोपसहित १० पेजको प्रतिवेदन ल्याए ।’
ओली निरंकुश हुँदै गएकोले यो अवस्था आएको रावलले बताए । उनले भने, ‘पार्टीले लिम्पियाधुरासहितको नक्सा जारी गर्न भन्दा पनि सुरुमा ओलीले मानेका थिएनन्, स्थायी समितिमा उहाँले अध्यादेश ल्याउँदिन भन्नुभयो, पछि ल्याउनुभो, प्रतिनिधिसभा विघटन गर्दिन भन्नुभएको थियो तर एकाएक विघटन गर्नुभयो ।’ ओली यी सबैको एक–एक जवाफ जनतालाई दिनुपर्ने रावलको भनाई थियो ।
नेता रावलले ओली नेतृत्वको सरकार काम चलाउ भैसकेको बताउँदै मन्त्री थप्न र कुनै निर्णय गर्न नपाउने बताए । उनले ओलीका स्वेच्छाचारी ढंगका काम कार्वाही आफुहरुलाई सह्य नहुने चेतावनी समेत उनले दिए । नेता रावलले पार्टी केन्द्रीय कमिटीमा रहेका ४४१ जना सदस्यमध्ये ओलीको पक्षमा ११५ जना मात्रै रहेको बताए । बहुसंख्यक केन्द्रीय सदस्यहरु आफूहरुसँगै रहेकोले संस्थापन पक्ष आफुहरुकै धार रहेको उनको संकेत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण