बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा एकैदिन ८५ कोरोना सङ्क्रमित निको भए

आइतबार, १२ पुस २०७७, २२ : ०९
आइतबार, १२ पुस २०७७

सुर्खेत । कर्णाली प्रदेशमा आज एकै दिन ८५ जना सङ्क्रमित निको छन् । कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले ८५ जना सङ्क्रमित निको भएको जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भने आज शून्य रहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए ।

उनकाअनुसार हालसम्म ६ हजार ९३९ पुगेको छ । “हालसम्म कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या सात हजार २७७ रहेको छ”, प्रमुख कँडेलले भने, “९५ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् भने अब मात्र पाँच प्रतिशत बाँकी रहेका छन् ।” 

उनका अनुसार कर्णालीमा आजका दिनसम्म कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कर्णालीमा ९५ हजार ६७१ व्यक्तिको आरटी पिसिआर परीक्षण गरिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप