बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मेडिकल कलेजबाहेक सबै  निजी अस्पताललाई कोभिड अस्पतालको सूचीमा राख्ने कार्य स्थगित

सोमबार, १३ पुस २०७७, ०० : ०२
सोमबार, १३ पुस २०७७

काठमाडौं । सरकारले कोभिड अस्पतालहरुको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि सो सूचीमा राख्ने कार्यलाई स्थगन गरेको छ । आइतबार कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसीएस बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुःन सूचिकृत गरी सेवा प्रवाह गराउने भएकोले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै सो सूचीमा रहेका नीजि अस्पतालहरुमा पौष १२ गतेसम्म भर्ना भई दश दिनसम्म उपचार गराउने संक्रमितहरुको उपचार बापतको रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप