मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीमा राख्ने कार्य स्थगित
सोमबार, १३ पुस २०७७, ०० : ०२
काठमाडौं । सरकारले कोभिड अस्पतालहरुको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि सो सूचीमा राख्ने कार्यलाई स्थगन गरेको छ । आइतबार कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसीएस बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुःन सूचिकृत गरी सेवा प्रवाह गराउने भएकोले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै सो सूचीमा रहेका नीजि अस्पतालहरुमा पौष १२ गतेसम्म भर्ना भई दश दिनसम्म उपचार गराउने संक्रमितहरुको उपचार बापतको रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण