माग पुरा नभएपछि पठाओ राइडरहरु तोडफोडमा उत्रिए, १९ राइडर गिरफ्तार
काठमाडौं । ११ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पठाओ राइडरहरु माग पुरा नभएपछि तोडफोडमा उत्रिएका छन् । गत सोमबार एक हप्ताको अल्टिमेटम दिएर पठाओ कम्पनी विरुद्धमा आन्दोलनको घोषणा गरेका राइडरहरुले सोमबार (एक हप्तापछि) कम्पनी तोडफोड गरेका छन् ।
आक्रोशित राइडर समूहले बानेश्वरस्थित पठाओ कम्पनीमा ढुंगामुडा गरेका छन् । सोही क्रममा आन्दोलनमा उत्रिएका १९ जना राइडरहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । माग पुरा नभएपछि आन्दोलनमा उत्रिएका केही राइडरहरुले कम्पनीमा ढुंगामुडा बर्साउन थालेपछि प्रहरी आफुहरुलाई गिरफ्तार गरेकोगिरफ्तारीमा परेका पठाओ राइडर चट्टान थापाले रातोपाटीलाई जानकारी दिए ।

पठाओ राइडरहरुले गत सोमबार राइडरहरुको इन्सुरेन्ससहित पठाओ कमिसन कम गर्नुपर्ने, विना सूचना कर्मचारीलाई निश्कासन गर्न नपाइने लगायत ११ बुँदे माग राख्दै कम्पनीलाई एकहप्ते अल्टिमेटम दिएका थिए । एक हप्ता वित्दा समेत कम्पनी मागको सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको राइडरहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण