अभिनेता सोनुको विषयमा लेखियो पुस्तक ‘आई एम नो मेसिहा’
मुम्बई । अभिनेता सोनु सुदको बिषयमा एउटा किताव लेखिएको छ । कोरोना महामारीको लकडाउन वा त्यसपछिका समयमा उनले गरेको राम्रो कामको बिषयमा किताव लेखिएको हो । किताबको शीर्षक ‘आई एम नो मेसिहा’ राखिएको छ ।
उनको जीवनको अनुभव समेत समेटिएको कितावको बिषयमा सोनु आफैले सोशल मिडिया मार्फत एक भिडियो शेयर गर्दै जानकारी दिएका हुन् । भिडियो शेयर गर्दै सोनुले लेखेका छन् ‘मेरो किताव ‘आई एम नो मेसिहा’ आएको छ । मेरो हस्ताक्षर रहेको किताव तपाईहरुलाई मुम्बई एयरपोर्टस्थित बुक सेन्टरमा मिल्नेछ । तपाई यसलाई अनलाईन अडर गर्न सक्नुहुन्छ । किताब अंग्रेजी र हिन्दी दुई भाषामा उपलब्ध छ ।
लकडाउनको समय सोनुले मुम्बईमा फसेका कयौं प्रवासी मजदूरलाई उनको घरमा पुर्याउने काम गरेका थिए । उनले मजदूरका लागि बस, ट्रेन र चार्टर प्लेनको समेत ब्यवस्था गरेका थिए । मानिसका लागि खानपिनको र रोजगारीको ब्यवस्था समेत गर्दिएका उनको सहयोगको सिलसिला अहिले पनि जारी छ । बुढाबुढीका लागि घुडाको ट्रान्सप्लान्ट उनको अबको योजना रहेको छ । जुन उनी २०२१ मा पुरा गर्न चाहान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण