प्रतिनिधिसभा विघटनको विरोधमा मिनभवनमा मशाल जुलुस
सोमबार, १३ पुस २०७७, २० : १६
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थीले मशाल जुलुश निकालेका छन् । अनेरास्ववियुका वागमती प्रदेश इन्चार्ज पवन कार्की नेतृत्वको समूहले काठमाडौंको मिनभवनमा मशाल जुलुश निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका हुन् ।
मशाल जुलुशमा अनेरास्ववियु काठमाडौंका जिल्ला अध्यक्ष भुपेन्द्रजंग शाहीसहित उल्लेख्य संख्यामा विद्यार्थीको सहभागिता थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भएको छ ।
संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्चमा १२ वटा रिट दायर भएका छन् । सो रिट उपर पुस २२ देखि संवैधानिक ईजलासमा निरन्तर सुनवाई हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण