मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनको विरोधमा मिनभवनमा मशाल जुलुस

सोमबार, १३ पुस २०७७, २० : १६
सोमबार, १३ पुस २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थीले मशाल जुलुश निकालेका छन् । अनेरास्ववियुका वागमती प्रदेश इन्चार्ज पवन कार्की नेतृत्वको समूहले काठमाडौंको मिनभवनमा मशाल जुलुश निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका हुन् ।

मशाल जुलुशमा अनेरास्ववियु काठमाडौंका जिल्ला अध्यक्ष भुपेन्द्रजंग शाहीसहित उल्लेख्य संख्यामा विद्यार्थीको सहभागिता थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भएको छ ।

संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्चमा १२ वटा रिट दायर भएका छन् । सो रिट उपर पुस २२ देखि संवैधानिक ईजलासमा निरन्तर सुनवाई हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप