दिशा पाटनीको बिकिनी फोटोलाई २ घण्टामै १३ लाखभन्दा धेरै लाइक्स
एजेन्सी । बलिउड अभिनेत्री दिशा पाटनीको बिकिनी फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पछिल्लो पटक उनले सार्वजनिक गरेका फोटोमा २ घण्टामै १३ लाखभन्दा धेरै लाइक आएको छ । दिशा फिटनेशमा निकै ध्यान दिन्छिन् । अनि, सामाजिक सञ्जालमा प्रायजसो फोटो र भिडियोहरु पोस्ट गरिरहन्छिन् । पछिल्लो फोटोमा उनी समून्द्रमा सर्फ बोर्डमा उभिएको देखिन्छिन् । उनले हातमा स्टिक पनि समातेकी छिन् । फोटोमा दिशाको परफेक्ट फिगर देखिएको छ ।
दिशाले प्रायस इन्स्टाग्राममा आफ्नो छुट्टी मनाउँदाका फोटोहरु पोस्ट गर्ने गर्छिन् । पछिल्लो पटक उनी यसै वर्षको सुरुवातमा रिलिज भएको ‘मलंग’ मा आदित्य रोय कपूरसँगै देखिएकी थिइ्न । आगामी वर्ष दिशा र सलमान खान अभिनित ‘राधे–यो मोस्ट वान्डेट भाई’ प्रदर्शनमा आउँदैछ । २७ डिसेम्बरमा सलमान खानले यो फिल्म आगामी वर्ष ईदमा रिलिज हुनसक्ने बताएका थिए । सलमानसँग यसअघि दिशाले ‘भारत’ मा पनि काम गरेकी थिइन् ।

टाइगर श्राफसँगको लामो समयदेखिको अफेयरका कारण पनि दिशा चर्चामा रहन्छिन् । उनी टाइगरको परिवारसँग छुुट्टी मनाउन पनि जाने गरेकी छिन्, यद्यपि दुुबैले अहिलेसम्म आफ्नो सम्बन्धबारे स्पष्ट बोलेका छैनन् । ‘बागी २’ मा टाइगर र दिशा मुख्य भूमिकामा थिए । दिशाले ‘एमएस धोनी– द अनटोल्ड स्टोरी’ मा धोनीकी प्रेमिकाको भूमिका निभाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण