निर्मला पन्त बलात्कार-हत्या प्रकरणः एसपी विष्ट र इन्सपेक्टर भट्टलाई पुनर्बहाली गर्ने निर्णय
काठमाडौं । निर्मला पन्त बलात्कार–हत्या प्रकरण बर्खास्त गरिएका प्रहरी उपरिक्षक (एसपी) डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदिशप्रसाद भट्ट प्रहरी सेवामा फर्किने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले विष्ट र भट्टलाई पुनर्वहालीको निर्णय गरेको छ । जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा उनीहरुलाई सफाई दिने निर्णय गरेको थियो ।
०७६ साउन १५ को सो फैसलापछि उनिहरुले बर्खास्तीको निर्णयमा पुनर्बिचार गर्न गृहमन्त्रालयमा मार्फत मन्त्रिपरिषद्मा अपिल गरेका थिए । गृहमन्त्रालको प्रस्तावमा यसअघि ०७५ असोजमा मन्त्रिपरषद्ले उनीहरुलाई गरेको बर्खास्तको निर्णय सच्च्याईएको एकजना मन्त्रीले रातोपाटीलाई बताए । उनले भने– ‘यसअघिको बर्खास्तको निर्णय सच्च्याइएको छ ।’
०७५ साउन ११ मा कञ्चनपुरकी निर्मला पन्तको शव भिमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा फेला परेको थियो । त्यतिबेला इन्स्पेक्टर भट्ट सो वडा–एरियाका इन्चार्ज थिए । एसपी विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थिए । अनुसन्धानमा संलग्न सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृत काममा फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण