चाणक्य नीतिः गोप्य राख्नुस् आफ्ना ५ कुरा
आचार्य चाणक्यले जीवनका विषयमा अलग अलग ज्ञान दिएका छन् । उनले जीवन जिउने क्रममा आइपर्ने अकेकन् बाधा र अड्चनसँगै जीवनलाई कसरी सुन्दर बनाउने भन्ने विषयमा थुप्रै विषयमा शिक्षा दिएका छन् ।
चाणक्य नीतिमा धन, स्वास्थ्य, सफलता, व्यवसाय र मित्रता लगायतका कुराहरुमा कसरी सफल हुने र आफू असल भइरहने भन्ने विषयमा दिएका ज्ञानका कुराहरु आज पनि मानिसहरुका व्यवहार र सम्बन्धमा लागू हुने गरेका छन् ।
यसैबीच, आफ्नो जीवनलाई सरल र चिन्तामुक्त बनाइराख्न आफ्ना केही गोप्य कुराहरु कसैलाई भन्न नहुने चाणक्य नीतिमा उल्लेख छ ।
चाणक्यका अनुसार धनको नोक्सान भएको, पत्नीको नराम्रो बानी व्यवहार, कसैको कारण मन दुखी भएको कुरा, नीच व्यक्तिको नराम्रा कुराहरु कसैलाई पनि भन्न हुँदैन । यस्ता कुराहरु गोप्य राख्दा नै जीवनमा थप उल्झन नआउने नीतिमा उल्लेख छ ।
चाणक्यका अनुसार यस्ता कुराहरु अरुलाई सुनाउँदा अरुले आफूलाई मजाकको रुपमा लिन्छन् । अन्य व्यक्तिहरुले यस्ता कुरा सुनेर तपाईँलाई सहानुभुति दिँदैनन् जसले तपाईँको मन खिन्न हुन्छ भने मनमा दुख पनि लाग्छ । त्यस्तै, आफ्ना नीजि कुराहरु गोप्य नै राख्दा खुशी हुन सकिने चाणक्य नीतिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण