नयाँ वर्षमा बाबुको समाधिस्थल पुगेर किमले दिए जनतालाई यस्तो सन्देश
एजेन्सी । अवस्था सामान्य छँदा किम जोङ उनले भव्य समारोह आयोजना गरेर जनतालाई नयाँ वर्षमा सम्बोधन गर्ने गरेका थिए । तर यसपटक कोराना महामारीले अलग अवस्था निम्त्याइदियो । त्यसैले उनी नयाँ वर्षका अवसरमा आफ्ना बाबु र हजुरबाबुको समाधिस्थल पुगे । उनले नयाँ वर्षको उपलक्ष्यमा देश र जनताका नाममा पत्र लेख्दै शुभकामना भने व्यक्त गरेका छन् । उनले आफुमाथि गरेको विश्वास र समर्थनका लागि जनतालाई ‘धन्यवाद’ दिए ।
जनताको नाममा लेखिएको आफ्नो पत्रमा किमले आफुलाई जनताबाट मिलेको समर्थन र सत्तारुढ पार्टीप्रति देखाएको विश्वासका लागि धन्यवाद दिएका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले यसको जानकारी दिएको हो ।
‘म देशलाई त्यस्तो नयाँ युगमा लैजानका लागि कडा मिहेनत गर्नेछु, जहाँ हाम्रा मानिसको आदर्श र इच्छाहरु पुरा हुनेछन् । मुस्किल समयमा पनि हाम्रो पार्टीमाथि भरोसा गर्ने र समर्थन गर्ने मानिसहरुलाई म धन्यवाद् दिन्छुु,’ किमले चिट्ठीमा लेखेका छन्,‘म इमानदारीपूर्वक देशवासीहरुको खुसी र उनीहरुको स्वास्थ्यको कामना गर्दछु ।’
किमले २०११ देखि उत्तर कोरियाको सत्ता सम्हालिरहेका छन् । त्यसअघि उनका बाबु किम जोङ इल उत्तरका सर्वोच्च नेता थिए । किमको कार्यकालमा उत्तर कोरियाले प्राकृतिक विपद्, अमेरिका नेतृत्वका देशहरुले लगाएको प्रतिबन्ध तथा परमाणु कार्यक्रममाथिको गतिरोध लगायतका विभिन्न चुनौतीहरु सामना गर्नुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण