नाइजेरियामा सेनाको भीषण हवाई कारबाही, कैयौँ लडाकू मारिए
एजेन्सी । नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती बोको हराम मारिएका हुन् ।
बुधबार ताम्बुनगिनी भन्ने स्थानमा यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो । सो कारबाहीमा परी कैयौं बोको हराम मारिएको यहाँको सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
बोको हरामहरुले यहाँको उत्तरी बोर्नो राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण