देशमा प्रतिगमनमाथि प्रतिगमन लादिएको छ: जनता समाजवादी पार्टी
काठमाडौं । जनत समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिगमन विरुद्धको लडाईलाई जित्नका लागि दलहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् । जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीबीच एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले एक्लै एक्लैले लडाई जित्न नसकिने भएकाले अग्रगामी शक्तिहरु एक ठाउँमा आउनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘आउ हामी सबै मिलेर प्रतिगमनको विरोधमा लडौं ।’
वरिष्ठ नेता राजेन्द्र महतोले पनि देशमा पहिलादेखि नै प्रतिगमन भएको र अहिले प्रतिगमनमाथि प्रतिगमन लादिएको बताए । संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउनका लागि शुरुदेखि नै संघर्ष गर्दै आएको तर प्रतिगामी सरकारले जनताको पक्षमा संविधान नबनाएको उनले गुनासो गरे ।
पछि संविधान संशोधनको माग राखिए पनि संविधान संशोधन नगरि मधेशी, आदिवासी जनतामाथि विभेद गरेको उनले बताए । प्रतिगमनकारी सरकारका विरुद्धमा सशक्त आन्दोलनको आवश्यकता रहेको र त्यसका लागि सबै अग्रगामी शक्ति एक हुनुपर्ने कुरामा उनले जोड दिए ।
अमृत पुरी संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीले जसपा नेपालसँग एकीकरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीका सबै सदस्य तथा समितिहरु जसपा नेपालमा समाहित भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण