माल्दिभ्सले एस्ट्राजेनेकाको खोप लिने
एजेन्सी । मालदिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड– १९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् । माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।’
अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको वित्त कार्यकारीको परामर्शमा खोपको खर्चलाई आन्तरिक अडिट गर्नेगरी प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।’
राष्ट्रपति इब्राहिम सोलिहले यस पहिले नै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने वाचा गरेका थिए । आपतकालिन स्वास्थ्य सेवा सञ्चालन केन्द्र (एचओओसी) ले कोभिड–१९ को खोप सन् २०२१ को पहिलो त्रैमासिकमा दिन थाल्ने गरी काम हुने बताएको छ । माल्दिभ्स विकासोन्मुख देशहरुलाई खोप प्रदान गर्न विश्व स्वास्थ्य संगठन को कोभ्याक्स कार्यक्रम को एक आवेदक पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण