बिग ब्यास लिगः पहिलो खेलको पहिलो ओभरमा नै सन्दीपलाई विकेट (हेर्नुहोस् भिडियो)
बिग ब्यास लिगको यो सिजनको पहिलो खेलमा नै सन्दीप लामिछानेलाई सफलता मिलेको छ । आफ्नो पहिलो खेलको पहिलो ओभरमा नै सन्दीपले विकेट लिन सफल भएका हुन् ।
सन्दीपको बलिङमा हिल्टन कार्टराइट बोल्ड भए । उनले ८ रन बनाएर पभिलियन फर्किए । पहिलो ओभरमा सन्दीपले ११ रन खर्चिए ।
यस सिजन सन्दीप होबार्ट हरिकेन्सबाट खेलिरहेका छन् । आजको खेलमा उनले आफ्नो पूर्व क्लब मेलबर्न स्टार्सको सामना गरिरहेका छन् । होबार्टले मेलबर्नका सामु १६५ रनको लक्ष्य प्रस्तुत गरिरहेको छ ।
होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए । नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो ।
अस्ट्रेलिया पुगेर चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल खेल्न पाएका हुन् । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका थिए। हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।
उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए ।
Sandeep doesn't take long to make an impact for the 'Canes! #BBL10 pic.twitter.com/qxh3GtnwM3
— KFC Big Bash League (@BBL) January 2, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण