‘राधे’ ओटीटीमा रिलिज नगर्न सलमानलाई सिनेमा घरको पत्र
आइतबार, १९ पुस २०७७, १२ : ४८
मुम्बई । सुपरस्टार सलमान खान अभिनित फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को यतिबेला पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । सम्भवतः फिल्म आगामी ईदमा पनि रिलिज हुन सक्छ । कोरोनाको कहरका कारण फिल्म सिनेमा घरको सट्टा ओटीटी प्लेट फर्मबाट पनि रिलिज हुनसक्छ ।
सिनेमा घरका मालिकले भने एक पत्र लेख्दै फिल्म ओटीटीमा रिलिज नगरेर सिनेमा घरमै रिलिज गर्न अभिनेता सलमान खानलाई अनुरोध गरेका छन् । उनीहरुले फिल्म ईदमै रिलिज गरे राम्रो हुने सुझाव समेत पत्र मार्फत दिएका छन् ।
फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’मा सलमानको अलवा दीशा पाटनी, ज्याकी श्राफ र रणदीप हुड्डा समेतको मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन प्रभुदेवाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण