सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सौरभले ल्याए ‘सौरव २०२०’

आइतबार, १९ पुस २०७७, १८ : ४७
आइतबार, १९ पुस २०७७

काठमाडौँ । अमेरिकामा बसेर निरन्तर नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील गीतकार, प्रेरक, अनुवादक तथा समाजसेवी सौरव तिम्सिनाको एकल शब्दमा रहेको गीति संग्रह ‘सौरभ २०२०’ (म्युजिक फर ब्रिज ) सार्वजनिक भएको छ । 
भुटनिज अमेरिकन म्युजिक एसोसिएशन र सौरव म्युजिकको प्रस्तुति रहेको यस गीति संग्रहलाई इन्द्रावती क्रिएशनमार्फत सार्वजनिक गरिएको हो । संग्रहमा ६ वटा गीत समावेश छन् ।

किरण गजमेर, किशोर शिवाकोटी, टेक दुधराज, रमेश कँडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एलबी मोक्तान, निशान राईलगायतको स्वर रहेको संग्रहका गीतमा अम्बर तुम्बापो सुब्बा, लोकेश गुरुङ, एस डी योगी, अरुण तामाङ र रोनान सुब्बाले संगीत दिएका छन् । संग्रह भित्रका विभिन्न गीतमा गोपाल रसाइली, विकाश राई, किरण कडेल, रिकेश गुरुङ र मोहित मुनालको संगीत संयोजन रहेको छ । एल्बमको ‘छन् शब्द’ बोलको गीतको भिडियो समेत निर्माण गरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप