हेटौंडामा कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि सुरु
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि आजदेखि शुरु भएको छ । पिसिआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना सङ्क्रमणको परीक्षण शुरु भएको बताइएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार पिसिआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाई आधारिकता दिएर कोरोना सङ्क्रमण परीक्षण शुरु गरिएको जानकारी दिए ।
कोरोना सङ्क्रमण परीक्षणका लागि नेपालमा दुई विधि स्वीकृत भएको छ । जसमा पहिलो पिसिआर तथा दोस्रो एन्टिजेन परीक्षण विधि रहेको बताइएको छ । एन्टिजेन विधिबाट परीक्षणका लागि बिहान तथा दिउँसो गरी दुईपटक जाँचको व्यवस्था गरिएको छ । यो विधिबाट अहिले तत्काल तीन हजार जनाको परीक्षण गर्ने गरी सामग्री आएको उनले जानकारी दिए ।
कोरोना जाँचका लागि पिसिआर परीक्षण जस्तै एन्टिजेन परीक्षण पनि नाकबाट स्वाब निकालेर गरिन्छ । यस विधिबाट कोरोनाको सक्रिय सङ्क्रमित पत्ता लगाउन निःशुल्क परीक्षण गरिन्छ । सक्रिय सङ्क्रमितको पहिचान हुन नसक्दा थप सङ्क्रमित बढ्न सक्ने प्रक्षेपण भएकाले सरकारले उक्त नीति राखेको उनले भने । पिसिआर परीक्षण गर्दा नतिजा ढिलो हुने तथा खर्च बढी लाग्ने भएकाले एन्टिजेन परीक्षण विधिमा जोड दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण