प्रदेश २ मा नेकपा संसदीय दलको नेता परिवर्तन, शत्रुधन महतोलाई जिम्मेवारी
मङ्गलबार, २१ पुस २०७७, १५ : ००
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई धारमा विभाजित भएसँगै प्रदेश २ मा सो पार्टीको संसदीय दलको नेता परिवर्तन गरिएको छ । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको हो । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् ।
सोही बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन् । बैठक लगत्तै नेकपाका प्रदेशसभा सदस्यहरुले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण